मनमा उठेका भावहरू जानी न जानी कविता बन्न पुगे,

 मनमा उठेका भावहरू जानी न जानी कविता बन्न पुगे,

हाम्रो प्यारो स्कूलका,    साना साना नानी    हाँसी हाँसी स्कूल आउने,    कति राम्रो बानी ।
कोही खेल्छन् कोही कुद्छन्,
कोही हिंड्छन् उफ्रेर ।
मलाई हेरी, गुड मर्निङ्ग भन्छन,
दुइ हात जोडेर ।
तिनको बालपनले मेरो,
मन असाध्यै रमाउँछ ।
हँसिलो अनुहार, तोते बोली,
मेरो थकान भगाउँछ ।
सर भन्दै झुम्मिन आउँदा,
खुसीको वर्षात हुन्छ ।
माया उम्लेर मुटु भरी,
आनन्दको एहसास हुन्छ ।
साना साना नानीहरु,
भविष्यका कर्णधार हुन ।
असल समाज, असल नागरिक
बिकासका आधार हुन ।
गर्नु पर्ने धेरै रैछ
यिनका लागि मैले ।
बालमैत्री स्कूल बनाउने
इच्छा थियो उहिले ।
गर्दा गर्दै थाक्दिन म,
जाँगर बढेर आउँछ ।
बाधा आए, अड्चन आए,
नयाँ बाटो बनाउँछ ।
नयाँ बाटो बनाउँछ ।


Moti Lal
Post a Comment (0)
Previous Post Next Post