देशका सातै प्रदेशमा बुद्धमूर्ति सहित बुद्ध विहार निर्माण

भगवान बुद्धद्वारा निर्देशित  "चरथ भिक्खवे चारिकं बहुजन हिताय,  बहुजन सुखाय..."लाई शिरोपर गरि आज नेपालका विभिन्न विहारका प्रब्रजित तथा गृहस्थ अनुयायीहरु बुद्ध दर्शन प्रचार प्रसारमा अहोरात्र लागिरहनु भएको 

 बुद्ध विहार, बुद्ध मूर्ति आदि निर्माण गरि बुद्ध शिक्षा, शील, समाधि प्रज्ञाको शिक्षालाई विपश्यना ध्यान,परियति शिक्षा तथा धार्मिक पर्यटनको माध्यमले देशको कुना कुनामा पुर्याउने काम भैरहेकोछ | यस विषयमा भक्तपुरको मुनि विहार (धर्म्मोत्तम महाविहार) का विहार प्रमुख श्रद्धेय गुरू भिक्षु विपस्सी धम्मारामो महास्थविरको संरक्षकत्वमा उनका शिष्य अखिल नेपाल भिक्षु महासंघका केन्द्रीय कार्यकारी सदस्य तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी सदस्य भिक्षु मेधंकर स्थविर (नारायण बहादुर आले) तथा अन्य शिष्य भिक्षुहरूको नेतृत्वमा नेपालका सातै प्रदेशमा बुद्ध विहार एवम् बुद्ध मूर्ति निर्माणको कार्य भैरहेका छन् |

 बुद्ध शिक्षा अध्ययन, ध्यान अभ्यास, धर्म देशना दिने प्रब्रजितहरुको साझा कर्म हो | यस बाहेक ठाउँ ठाउँमा बुद्ध विहार, बुद्धमूर्ति चैत्य एवं ध्यान केन्द्रको स्थापना गरिनाले पनि  बुद्ध शिक्षालाई जन जनमा पुर्याउनको निमित्त, नैतिक समाजको स्थापना गर्नको निमित्त साथै धार्मिक सहिष्णुता एवं धार्मिक पर्यटन विकासको निमित्त सघाउ पुगेको पाउँछौं यसबाट स्वरोजगारको समेत अभिवृद्धि भई आर्थिक बिकासमा उल्लेखनीय भूमिका निर्बाह गरेको पाउँछौं जानकारीको लागि यहाँ त्यस्ता निर्माण भइरहेका केही थेरवादी विहारहरूको चर्चा गर्न पाउनु हामी सबैको लागि खुशीको कुरा हो

 

प्रदेश नं

सूर्योदय बुद्ध विहार 

Thousands Big Buddha Project

        संसारकै अग्लो शिखर सगरमाथा, संसारकै उचाईमा अवस्थित चिया बगान गुराँसे टि स्टेट नेपालकै होचो स्थान केचना साथै  चीन भारतलाई जोड्ने छोटो मार्ग किमथांका-जोगमुनि कोशी राजमार्ग यहिं पर्दछ यस कोशी राजमार्गसँग जोडिएको धरान उपमहानगरपालिका वडा . छोटीमोरङ, भेडेटारमा २०७२ सालदेखी  १०. हेक्टेयर जमिनमा फैलिएको सूर्योदय बुद्ध विहार Thousands Big Buddha Project को  स्थापना निर्माण भैरहेकोछ | यस विहार परिसरमा १७५ फिट उचाईको बुद्ध मूर्ति निर्माण क्रममा रहेकोछ भने हाल नमूनाको रुपमा ४० फिट उचाईको बुद्ध मूर्ति, धम्महल, कुटी, कार्यालय पुस्तकालय स्थापना भए सँगै बुद्ध शिक्षा अध्ययन केन्द्रको रुपमा विकास भइरहेको यस परियोजनालाई संघीय सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिबाट विहार संचालन तथा निर्माणमा आफ्नो बार्षिक बजेटमा सहभागी गरेर टेवा पुर्याई रहेकोछ तथा श्रद्धावान दाताहरुको दान पुण्यले पनि विहार संचालनमा सघाउ पुगिरहेको यसै विहारको मास्तिर धनकुटा जिल्ला, भेडेटारमा पनि अर्को सूर्योदय बुद्ध विहार निर्माण भएको जुन कि भिक्षु सन्त उदयसेनद्वारा संचालित हो

यसै प्रदेशको ईलाम जिल्लामा पनि वटा विहारहरू निर्माण भइरहेका छन्-भिक्षु अर्जुन मगरको नेतृत्वमा सर्वशान्ति बुद्ध विहार, माड०सेबुड० गापातथा भिक्षु दीपक मगरको नेतृत्वमा फिक्कल बुद्ध विहार फिक्कलको मा जना भन्तेहरू वर्षावास बस्नुभएको

 

प्रदेश नं , मधेश प्रदेश

गोल्माराजा बुद्ध विहार

२०७९ सालमा मात्र मधेश प्रदेशको रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका, वडा नं. , बागमती मा १९. हेक्टेयर जमिनमा गोल्माराजा बुद्ध विहार, ५१ फिट अग्लो बुद्ध मूर्ति, ध्यान केन्द्र निर्माण हुने क्रममा | पूर्ब-पश्चिम राजमार्गको बागमती नदीको किनारमा अबस्थित यस बुद्ध विहार ऐतिहासिक महत्त्वको क्षेत्रमा रहेकोछ | बुद्धकालीन समयमा यहि बागमती नदीको किनार हुँदै काठमाडौं प्रवेश गर्ने एक मार्ग थियो भन्ने अनुमान गरिएको , तसर्थ बुद्धका आफन्त शाक्यहरू शिष्य भिक्षु आनन्द स्थविरले यहि मार्ग हुँदै कपिलवस्तुबाट काठमाडौं आवतजावत गरेको हुनुपर्दछ अशोक महाराजका छोरी राजकुमारी चारुमती धर्मदूत मण्डली भिक्षुहरू पनि काठमाडौं प्रवेश गर्दा यहि मार्ग बाट आएको हुनु पर्दछ भन्ने अनुमान गर्न सक्दछौ | केही दशक पहिलेसम्म पहाड प्रवेश गर्दा वा मधेश जाँदा हप्ता दिनसम्म यहि ठाउँमा बसी शरीरलाई बाताबरणसँग घुलमिल गरिसकेपछि पहाडबाट मानिस मधेश लाग्दथे त्यस्तै नै मधेशबाट मानिस पहाड प्रवेश गर्दथे भन्ने कुरा अझै यहाँका बुढा-पाकाहरूले सुनाउने गर्दछन् | यस क्षेत्र मकवानपुरे सेन बंशीय राजाहरूको राजधानी थियो भन्ने जनविश्वास रहँदै आएको , अझैपनि यस क्षेत्रमा गोल्माराजाको दरबारको जस्ता भग्नाबशेष देख्न सक्दछौं | यस गोल्माराजा बुद्ध विहार निर्माणको लागि मधेश प्रदेश सरकारले बार्षिक रुपमा बजेट बिनियोजन गरेर निर्माण कार्यमा सहयोग गरिरहेकोछ | द्रुत राजमार्ग सम्पन्न भएपछि यस विहार काठमाडौंबाट घण्टाको यात्राले पुग्न सकिन्छ |


प्रदेश नं बागमती प्रदेश

२०७९ सालमा मात्र भक्तपुर जि्लाको चाँगुनारायण नगरपालिकामा रोपनी जग्गामा नयाँ विहार निर्माण भिक्षु तिस्स टिकाश स्थविर गुरुङको रेख देखमा भइरहेको यो विहार गुरुङ समुदायद्वारा निर्माण भइरहेको  


प्रदेश नं गण्डकी प्रदेश

बर्यांङ बुद्ध विहार

गण्डकी प्रदेशको बाग्लुंग जिल्ला बर्यांङ गाउँपलिका बर्यांङ बजारमा बर्यांङ बुद्ध विहार निर्माण क्रममा रहेकोछ | बेलायती सेनाबाट अबकास प्राप्त भइ बेलायतमा बसोबास गर्नुहुने श्रद्धावान दाता दुर्गा सलामी मगर तथा खगिसरा सलामी मगर सपरिवारद्वारा घर सहितको रोपनी जग्गा दान गरिएकोमा भब्य बुद्ध विहार निर्माण क्रममा रहेकोछ |


प्रदेश नं लुम्बिनी प्रदेश

महाबोधि बुद्ध विहार

भगवान बुद्धको जन्मस्थान भएकोले पनि यो लुम्बिनी प्रदेश एेतिहासिक एवं बौद्ध सस्कृतिको धरोहरको रुपमा रहेको | यस प्रदेशको पाल्पा जिल्ला घोरपाल्छाप ताहुमा ५० रोपनी जमिनमा ५१ फिट उचाईको भगवान बुद्धको मूर्ति सहित निर्माणको काम भैरहेकोछ महाबोधि बुद्ध विहार नामकरण गरिएको यस विहार निर्माण कार्यमा स्थानीयका साथै यहाँका अमेरिका, बेलायतमा प्रवासी उपासक उपासिकाहरूको दान पुण्यबाट निर्माण कार्य अगाडि बढिरहेको भगवान बुद्धको जन्मभूमि लुम्बिनीबाट ७५ कि.मि पूर्वोत्तरमा अवस्थित यो विहार .... राजमार्गबाट ... किमी ... तिर रहेको  


प्रदेश नं  लुम्बिनी प्रदेश

धम्मप्रभाराम बुद्ध विहार 

लुम्बिनी पवित्र क्षेत्रको दक्षिणपूर्वी कोणमा पनि रोपनी (चार कट्ठा ) जग्गामा नयाँ विहार बन्दैछ जहाँको जग्गादाता मोतिलाल यादव विहारप्रमुख भिक्षु रामचन्द्रप्रसाद कहार हुनुहुन्छ  

भगवान बुद्धको जन्मभूमि पवित्र तीर्थस्थल लुम्बिनी गुरुयोजना क्षेत्रको पूर्वी किनारामा अवस्थित यस धम्मपभाराम विहारको शिलान्यास विधी भक्तपुरको मुनि विहार (श्री धर्मोत्तम महाविहार) का प्रमुख भिक्षु विपस्सी महास्थविरद्वारा सम्पन्न भयो

मिति बुद्धसम्बत २५६६ आषाढ़  कृष्णपक्ष अष्टमी

बि.. २०७९ असार गते

सन् २०२२ जून २१.



यस्तै कपिलवस्तुमा पनि ५४ रोपनी जग्गामा महावन बुद्ध विहार निर्माण भइरहेको जहाँको संस्थापक मुनि विहारका भन्ते सुमंगलो (रमेश बानिया) हुनुहुन्छ जना भन्तेहरू वर्षावास बस्नुभएको छ।

 

प्रदेश नं कर्णाली प्रदेश

बोधिज्ञान तपोभूमि बुद्ध विहार

चल्ल मल्ल खस राज्यकालमा बुद्धधर्मको ऊर्बर भूमिको रुपमा रहेको कर्णाली प्रदेशमा अझै पनि बौद्ध चैत्य, बुद्ध विहारका भग्नाबशेष देख्न पाउँछौ, जस्तो कि काँक्रे विहार फेरी कर्णाली प्रदेशलाई बुद्धभूमि कै रुपमा विकास गर्नको लागि सुर्खेत जिल्लाको बराहताल गाउँपलिका, वडा नं , बद्दिचौरमा .२५ हेक्टेयर जमिनमा बोधिज्ञान तपोभूमि बुद्ध विहारको निर्माण २०६७ सालदेखी शुरु भएको हो | प्रदेश सरकार, स्थानीय सरकारको समेत अनुदान बजेटबाट स्थानीय दाताहरू निर्माण संचालन संगै हाल बोधिज्ञान महाचैत्यको निर्माण भैरहेकोछयहाँको अध्यक्ष भिक्षु दीपक मगर हुनुहुन्छ


प्रदेश नं

सुदूरपश्चिमान्चल प्रदेश 

यस प्रदेशमा कुनै उल्लेखनीय बुद्ध विहार निर्माण भइरहेको भने हामीलाई जानकारी दिनुहोस्


(महास्थविर भिक्षु वीपस्सी धम्मरामो) 

Post a Comment (0)
Previous Post Next Post